काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कृषकलाई हेप्ने सरकारी नीतिप्रति कडा आपत्ति जनाएका छन् ।
उनले खेतीपातीको मुख्य समयमा किसानले मल नपाउने, दूध उत्पादन गरेर सडकमा फाल्नुपर्ने, उखुजस्ता प्रमुख नगदेबालीमा पटक–पटक भुक्तानी नपाउने अवस्था रहँदा देश खाद्य आत्मनिर्भर बन्न नसक्ने चेतावनी दिए ।
कोइरालाले सरकारले किताबमा मात्र कृषि प्राथमिकता दिएको भन्दै व्यवहारमै कृषकमैत्री नीति लागू गर्नुपर्ने आवश्यकता औंल्याए ।
उखुका किसान आन्दोलनमा सडकमा आउनु दुःखद भएको बताउँदै उनले माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।












प्रतिक्रिया