वीरगञ्जमा हैजाको प्रकोप, संक्रमितको संख्या ९३ पुग्यो



वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकामा हैजा कोलेरा को संक्रमण तीव्र रुपमा फैलिएको छ। सोमबारसम्म संक्रमितको संख्या ९३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार आइतबारसम्म ७१ जनामा हैजा पुष्टि भएको थियो भने सोमबार थप २२ जना नयाँ संक्रमित फेला परेपछि कुल संक्रमितको संख्या ९३ पुगेको हो।

महानगरमा हैजा नियन्त्रण तथा रोकथामका लागि स्थानीय, प्रदेश र संघ सरकारद्वारा विभिन्न प्रयासहरू गरिए पनि संक्रमितको संख्या घट्न सकेको छैन। हालसम्म १६६ जना बिरामी विभिन्न अस्पतालमा उपचाररत छन् भने १७८ जना उपचारपछि घर फर्किएका छन्।

अस्पतालमा बिरामीको चाप बढ्दो हालसम्म ३४४ जना बिरामी हैजा वा झाडापखालाको लक्षणसहित अस्पताल पुगेका छन्। तीमध्ये : २७ जना आइसियुमा,६ जना एचडिसियुमा,१२२ जना जनरल वार्डमा उपचाररत छन्।

विभिन्न अस्पतालमा संक्रमितको विवरण
अस्पतालको नाम संक्रमित संख्या

नारायणी अस्पताल ३२ जना (आरडिटी परीक्षणमा पुष्टि)
तराई अस्पताल ३२ जना
नेशनल मेडिकल कलेज १२ जना
भवानी अस्पताल ३ जना
वीरगञ्ज हेल्थ केयर ३ जना
मङ्गलम प्याथोलोजी ३ जना

अर्ली अर्थो अस्पताल २ जना
नारायणी सेन्ट्रल अस्पताल १ जना
एड्भान्स मेडिकेयर १ जना
नेपाल इन्डो अस्पताल १ जना
नीलकण्ठ अस्पताल १ जना
नेपाल मेडिसिटी बयोधा १ जना
सर्वोत्तम अस्पताल १ जना
संक्रमणको कारण र सरकारी प्रयास

विशेषज्ञहरूले दूषित खानेपानी, कमजोर सरसफाइ, ढल व्यवस्थाको अभाव तथा जनचेतनाको कमीलाई हैजा फैलनुको प्रमुख कारण मानेका छन्।

हैजा नियन्त्रणका लागि सरकारले निम्न कदमहरू चालेको छ

प्रभावित क्षेत्रमा पानी शुद्धीकरण
क्लोरिन ट्याब्लेट वितरण

घरदैलो स्वास्थ्य सचेतना कार्यक्रम
अस्पतालहरूमा विशेष बेड र औषधिको व्यवस्था
सावधानी अपनाउन स्वास्थ्य कार्यालयको अनुरोध

स्वास्थ्य कार्यालयले निम्न सावधानी अपनाउन अनुरोध गरेको छ

उमालिएको वा फिल्टर गरिएको पानी मात्र पिउने
हात साबुनले राम्रोसँग धुने

झाडापखालाका लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नसंक्रमणको गति बढ्दो छ। यदि चाँडै नियन्त्रण गर्न सकिएन भने यो महामारीको रूप लिन सक्ने जोखिम बढेको छ। जनताले सचेतता अपनाउनुका साथै सरकारले थप प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ।