भियतनामी उपराष्ट्रपति सुआनद्वारा पाटन दरबार र बौद्धनाथको अवलोकन


काठमाडौ ।

नेपालको औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति सुआनले आज ललितपुरको पाटन दरबार स्वायर र बौद्धनाथ क्षेत्रको अवलोकन गरिन्।

पाटन दरबारमा उनलाई ललितपुरका मेयर चिरीबाबु महर्जनले स्वागत गरे। उनले त्यहाँका सम्पदा, मूर्तिकला र हस्तकलाको अवलोकन गरिन्। त्यसपछि उनले बौद्धनाथ क्षेत्र पनि भ्रमण गरिन्, जहाँ उनलाई क्षेत्र विकास समितिका पदाधिकारीहरूले स्वागत गरे।

उपराष्ट्रपति सुआन तीनदिने नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौं आएकी थिईन्। भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहाय यादव र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिईन्।

उनी आजै राति स्वदेश फर्कने कार्यक्रम छ।