आईजिपी थापाद्वारा छिन्चुमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन


काठमाडौ ।

इलाका प्रहरी कार्यालय छिन्चु, सुर्खेत परिसरमा नव निर्मित महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रहरी महानिरीक्षक (आईजिपी) दिपक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

यस सेवा केन्द्रको उद्घाटनसँगै पीडितमैत्री सेवा प्रवाहमा थप सहजता र प्रभावकारिता आउने विश्वास व्यक्त गरिएको छ।

उद्घाटन कार्यक्रममा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, प्रहरी अधिकारीहरू, सर्वसाधारण र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।