रौतहटमा ३० बोरा अवैध सुर्ती बरामद


काठमाडौ ।

रौतहटको ईशनाथ नगरपालिका–४ मठियास्थित भट्टी पसल नजिकबाट सशस्त्र प्रहरीले अवैध रूपमा भण्डारण गरिएको ३० बोरा सुर्तीजन्य पदार्थ बरामद गरेको छ।

सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेत र निरीक्षक खेमरोज जोशीको नेतृत्वमा खटिएको टोलीले रामसिंह चनौको पसल छेउ र चुमन मियाँको खेतमा लुकाइएको सूर्ती फेला पारी गौर भन्सार कार्यालयमा बुझाएको हो।

गत आर्थिक वर्षमा सशस्त्र प्रहरीले करिब ५ करोड ७४ लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको थियो। प्रमुख बस्नेतका अनुसार सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रणमा उल्लेख्य सफलता मिलेको छ।