प्रहरी कार्यदक्षता मूल्याङ्कन सुरु, ‘प्रहरी ब्याटन’को लागि प्रतिस्पर्धा तीव्र


काठमाडौं ।

प्रहरीको कार्यदक्षता मूल्याङ्कन अन्तर्गत ‘प्रहरी ब्याटन’ कार्यक्रम सुरु भएको छ । एआईजी डा। मनोज कुमार केसीको नेतृत्वमा गठित मूल्याङ्कन समितिले जिल्ला प्रहरी कार्यालय झापा लगायत विभिन्न कार्यालयको निरीक्षण गरेको छ ।

७० औँ प्रहरी दिवसमा उत्कृष्ट हुने कार्यालयलाई ‘प्रहरी ब्याटन’ प्रदान गरिनेछ । मूल्याङ्कन प्रक्रियामा निष्पक्षता कायम गर्न नयाँ १० बुँदे आचारसंहिता लागु गरिएको छ, जसअनुसार स्वागत, मायाको चिनो, भोज लगायतका गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।

आईजीपी दीपक थापा भदौ १८ मा सेवा निवृत्त हुँदै छन् । उनको स्थानमा एआईजी चन्द्र कुवेर खापुङ प्रमुख दावेदार मानिएका छन् भने अन्य एआईजीहरू पनि प्रतिस्पर्धामा छन् ।