उदयपुर ।
नेपाल घरेलु तथा साना उधोग महासंघ नगर संघ र नेपाल कपडा तथा सिलाइ ब्यबसायी संघ उदयपुरको संयुक्त आयोजनामा र त्रियुगा नगरपालिकाको सहयोगमा जनतासंग मेयर कार्यक्रम अन्तर्गत तिंजमा दुई दिने डलकुसन बनाउने सीप मुलक तालिमको आइतबार समापन भएकोे छ । सो कार्यक्रममा तीन जना उद्यमीहरुलाई सम्मान गरिएको छ ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बस्नेतले नगरभित्रका विपन्न तथा निम्नस्तरका नागरिकहरुले आत्म निर्भर बन्नकालागि यस्ता खाले तालिमले सहयोग पुग्ने र तालिम पश्चात तालिमबाट सिकेको सीपलाई प्रयोगात्मक रुपमा गरेर व्यवहारमा देखाउनु आवश्यक रहेकोे बताए ।
प्रमुख अतिथि तथा मेयर बस्नेतले बेरोजगारी समस्या समाधानकालागि, रोजगार मुलक प्रशिक्षणको खाँचो रहेको अवस्थामा यो तालिमले निम्न आय भएका तथा निरपेक्ष गरिबीको रेखा मुनि रहेका जनताकालागि आय आर्जन गर्नमा समेत मद्दत पुग्ने बताए ।
नेपाल घरेलु तथा साना उदोग महासंघका केन्द्रीय महासचिव डम्बर प्रसाद रेग्मीले स्थानीय तह तथा प्रदेश र संघीय सरकराले साना उद्यमीहरुकालागि विशेष प्याकेजमा कार्यक्रम ल्याएर गरिबी निवारण तथा रोजगार मुलक कार्यक्रम संचालन गर्नु पर्ने बताए ।
उनले राज्यले अनावश्यक कर थोपरेको तर सेवा सुविधा नदिएको, दर्ता नभएका जग्गामा उद्यम व्यवसाय संचालनमा बाधा अवरोध, कानुनी उल्झन लगायतका समस्या समाधान गर्नेतर्फ ध्यान नदिएको बताए ।
उधमशिलता अभियान ,हाम्रो पहिचान भन्ने मुल नाराका साथमा भएको समापन था सम्मान कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ त्रियुगा नगर संघका अध्यक्ष रुद्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको विशेष अतिथिमा महासंघका केन्द्रिय महासचिब डम्बर प्रशाद रेग्मी र अतिथिहरुमा क्रमशः महासंघ कोशी प्रदेश समितीका वरिष्ठ उपाध्यक्ष मधुकर थापा, महासंघ केन्द्रिय सदस्य शान्ता नेपाल, महासंघ केन्द्रिय प्रतिनिधि ईश्वर राना , महासंघ उदयपुरका बरिष्ठ उपाध्यक्ष तथा नेपाल कपडा सिलाइ ब्यबसायी संघका अध्यक्ष ज्ञानु प्रधान , कोषाध्यक्ष प्रमिला परियार ,कोशी प्रदेश समितिका सदस्य कुमार राई ,संगिता खड्का, महासंघ उदयपुर जिल्ला समिती सदस्य किशान निरौला ,मणिराज कार्की लगायत नेपाल कपडा तथा सिलाइ ब्यबसायी संघका जिल्ला तथा नगरका पदाधिकारीको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको स्वागत मन्तब्य महासघंका वरिष्ठ उपाध्यक्ष एबं संघका अध्यक्ष ज्ञानु प्रधानले गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रमको अबसरमा महासंघ कोशी प्रदेश समितीका बरिष्ठ उपाध्यक्ष मधुकर थापा, प्रदेश समिती सदस्य कुमार राई र संगिता खड्कालाई समेत सम्मान गरिएको थियो ।
सम्मान गर्नु हुने आयोजक नेपाल घरेलुु तथा साना उधोग महासंघ नगर संघ र नेपाल कपडा तथा सिलाइ ब्यबसायी संघका अध्यक्ष लगायत सम्पुर्ण टिमलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेश समितिको तर्फबाट वरिष्ठ उपाध्यक्ष मधुकर थापाले आयोजक प्रति विशेष धन्यबाद दिएका छन ।












प्रतिक्रिया