उदयपुर ।
गस्तमिा रहेको इलाका प्रहरी कार्यालय कटारी मातहतको बेलसोत प्रहरी चौकीको प्रहरी टोलीले बेलसोत चोकबाट भन्सार छलेर ल्याइएको अबैध सामान, एक थान मिनी ट्रक र चालक समेतलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार प्रहरी चौकी बेलसोतबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान ४ः३० बजेको समयमा कटारी नगरपालिका वडा नं १ बेलसोत चौकस्थित सिद्धिचरण लोकमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा मिर्चैयाबाट घुर्मीतर्फ जादै गरेको बा ३ ख ३९६ नंम्बरको मिनि ट्रकबाट २४५ कार्टुन अन्दाजी मुल्य ३ लाख १७ हजार ५सय २० रुपैया बराबरको बिना बिलको ईण्डियन डिउ र उक्त मिनि ट्रक सहित सवारी चालक जिल्ला सिन्धुली फिक्कल गाँउपालिका वडा नं ५ बस्ने बर्ष २९ को भेषनाथ लुईटेललाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेको अबैध भन्सार छलीका डिउ, सवारी साधन र निज भेषराज लुईटेललाई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि खैरटोका माडर भन्सार कार्यालय सिरहा पठाइएको छ ।












प्रतिक्रिया