यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक, १७ दिन मनाइने


काठमाडौं ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ। समितिले विभिन्न क्षेत्रका विज्ञहरूसँगको परामर्शपछि साइत तय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको हो।

इन्द्रजात्रा भाद्र शुक्ल द्वितीयादेखि सुरु भई आश्विन कृष्ण चतुर्थीका दिनसम्म १७ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाइनेछ। वनयात्रा आज भदौ १३ गते बिहान ९:४६ बजे सुरु भएको छ भने राति ९:०३ बजे लिङ्गो काट्ने साइत रहेको छ।

भदौ १९ गते बिहीबार बिहान १०:३१ बजे इन्द्रध्वजोत्थान गरिनेछ। मुख्य दिन भदौ २१ गते कुमारी इन्द्रयात्रा हुनेछ, जसमा राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनेछन्।

भदौ २२ गते माथिल्लो टोल यात्रा, भदौ २६ गते नानिचा यात्रा तथा सोही रात १०:३२ बजे लिङ्गो ढालिनेछ। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले कुमारीको हातबाट टीकाप्रसाद ग्रहण गर्नेछन्।