राज्य व्यवस्था समितिको सभापतिमा एमालेको दाबी नहुने


काठमाडौँ ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा नेकपा एमालेले दाबी नगर्ने भएको छ। प्रमुख सचेतक महेश बर्तौलाले यसपटक पनि नेपाली कांग्रेसकै पहिलो रोजाइ हुने बताए।

पूर्वसभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त भएको पदमा निर्वाचन प्रक्रिया अघि बढाइएको छ। प्रतिनिधिसभा नियमावलीअनुसार १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्नेछ।

यसअघि पनि यो पद कांग्रेसकै भागमा परेकाले कांग्रेसभित्र आन्तरिक छलफल भइरहेको छ। एमालेले कांग्रेसले उम्मेदवारी नदिएमा मात्र पुनः छलफल गर्ने जनाएको छ।