काठमाडौँ ।
बर्दिया जिल्लाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट भाद्र ९ गते राती करीव १ बजे सशस्त्र प्रहरीले ४८ लाख रुपैयाँ बढिको बराबरको ईलेक्ट्रिकल भेप (SPACEMAN SP40000) बरामद गरेको छ ।
नेपालबाट अवैध रुपले दुई वटा साईकलमा राखी भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९ सय २० वटा ईलेक्ट्रिक भेप विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी शक्तिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।
उक्त भेप ल्याउने व्यक्ति भने गस्तीम रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए । बरामद भेप आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।











प्रतिक्रिया