प्रचण्ड–विप्लव भेट :पार्टी एकता र समाजवादी मोर्चा सुदृढीकरणमा छलफल


काठमाडौँ ।

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’बीच सोमबार हरिसिद्धिमा भेटवार्ता भएको छ। प्रचण्डले माओवादी केन्द्रको स्थायी समितिले पार्टी एकताको निर्णय गरिसकेको भन्दै सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

विप्लवले भने पार्टीको केन्द्रीय समिति भदौ २२ गते बस्ने र निर्णय त्यहीँ हुने जानकारी दिएका छन्। दुई नेताबीच समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

भेटमा राजनीतिक कुराकानीभन्दा पनि कृषि फार्म अवलोकन र पारिवारिक संवाद बढी भएको प्रचण्डका सचिव र विप्लव पक्षले बताएका छन्।