विधायन समितिको बैठक आज, विधि विज्ञान प्रयोगशाला विधेयकमा छलफल


काठमाडौँ ।

सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो २:३० बजे बस्दैछ।

बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची रहेको छ।

विधेयक २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता गरिएको हो। विधेयकअनुसार जैविक वा निर्जीव वस्तु तथा प्रमाणहरूको वैज्ञानिक परीक्षण गर्न प्रयोगशाला स्थापना गरिनेछ।

सो विधेयकमा प्रयोगशालाको काम, सञ्चालक समिति, परीक्षण प्रक्रिया, कर्मचारी व्यवस्था, कोष र लेखा परीक्षणसम्बन्धी प्रावधानहरू प्रस्ताव गरिएको छ।