देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रही बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर सामान्यतया बदलीको अवस्था रहेको छ भने गण्डकी, लुम्बिनी, बागमती, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागमा भारी वर्षा र लुम्बिनी, सुदूरपश्चिमका केही भागमा हावाहुरीको सम्भावना रहेको छ। मौसम विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।