रुपन्देहीको उपनिर्वाचनका लागि रास्वपामा उम्मेदवारको लर्को

भूगोलले मागेको उम्मेदवारमा मधुको दाबि

11.84k
Shares

बुटवल ।

आगामी कार्तिक १७ गते हुने रुपन्देही ३ को उप निर्वाचनका लागि रास्वपामा उम्मेदवार बन्नेहरुको संख्या लामै रहेको छ । ९ जना उम्मेदवार चुनावी मैदानमा आकांक्षी रहेका छन । त्यस मध्ये मधु अर्यालले आफू भूगोलले मागेको उम्मेदवार भएको दावि गर्नु भएको छ । पार्टीको क्षेत्रीय सभापति समेत रहनु भएका अर्याल पार्टी स्थापनाकालदेखि निरन्तर रुपन्देही ३ मा संगठन निर्माणमा खटेको, क्षेत्रका समस्या र सम्भावना राम्ररी पहिचान गरेकाले आफूले टिकट पाए क्षेत्रलाई कायापलट बनाउने ‘भिजन’ तयार गरेको आईतवार संचारकर्मी माझ बताउनु भएको हो ।

रास्वपालाई रुपन्देही–३ मा संगठन विस्तारमा नेतृत्वदायी भूमिका खेलेका उनले शुरुमा ५ सय पार्टी सदस्य रहेकामा आफू क्षेत्रीय सभापति भएपछि करिब २८ सय जना पार्टी सदस्य पुगेको बताउनु भयो । रास्वपाको उम्मेदवारको लागि अर्यायसहित ९ जना टिकटको आकांक्षी छन् ।

पार्टीले गरेको ब्लुप्रिन्ट संवादमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाई भैरहवामा पर्यटन क्षेत्रमा गरिएको लगानीलाई सुरक्षित गर्न, विमानस्थल जोड्ने सडक कनेक्टिभिटी र लुम्बिनीको पर्यटन विकास, खेल पर्यटन सहित रुपन्देहीको एकीकृत विकास गर्ने मुख्य एजेण्डा प्रस्तुत गरेको अर्यालले बताउनु भयो ।

कृषिलाई व्यवसायीकरण, माछा सुपर जोन, प्राङगारिक खेतीलाई जोड दिने आफनो एजेण्डा रहेको सुनाउनु भयो । उप निर्वाचनका लागि ९ जनाको आवेदन रहेतापनि पार्टीले जसलाई छनोट गरेपनि कसैले वागी भएर उम्मेदवार हुन नपाउने गरी लिखित प्रतिवद्धता जनाएको बताउनु भयो ।

उहांले पार्टीले मुल्याकन गरि पहिलो हुने उम्मेदवार लाई दोस्रो लिस्टमा रहेकोले आफूभन्दा अब्बल रहेको छनोट भएको बुझन पर्ने धारण राख्नु भयो ।

उम्मेदवारका लागि अर्याल संगै ज्ञानु पौड्याल, कुसुम महर्जन, डा. लेखजंग थापा, रचना क्षेत्री, पार्थीवेन्द्र उपाध्याय, सुलभ खरेल, जीतबहादुर गुप्ता, पुनम कुमारी अग्रवाल उम्मेदवारको लाईन रहनु भएको छ । वैकल्पिक शक्ति मूलधारको पार्टीहरुसँगै प्रतिस्पर्धा गरेर स्थापित हुने उहांको मान्यता छ ।