रौतहट ।
गौरमा डेरा गरी बस्दै आएकी एक महिलाको शब सुटकेशमा फालेको अबस्थामा भेटिएको छ । भारतको मुजफरपुर जिल्लाको रक्साटोल निबासी शिवसागर साह सित पाँच बर्ष अघि बिबाह गरेकी माधब नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी सुटकेशमा राखेको शब गौर नगरपालिका ९ सिर्सिया नजिक भेटिएको हो ।
छोराको अध्यनको लागि माईती देश नेपालको रौतहट जिल्ला स्थीत गौर नगरपालिका २ महादेबपटीमा डेरा गरी बस्दै आएकी साहको हत्या गरेको अबस्थामा शब भेटिएपछि न्यायको लागि उनको श्रीमान रौतहट आईपुगेका छन । सदरमुकाम गौरबजार जान भनेर शनिबार साझ डेराबाट निस्किएकी साहको शव शनीबार राती सुटकेस भित्र फेला परेपछि प्रहरीले अनुसन्धान लाई तिब्रता दिएको छ ।
मृतक साहले साझ करिब ६ बजेतिर आमा मिथिला देवी साह लाई अन्तिम पटक फोन गरपनि उनी सदाका लागि अस्ताएकी छिन । मृतक साहको मोबाइल घटनास्थलमा फेला परेको छैन । श्रीमतीको हत्या भएको खबर संगै उनको श्रीमान आफनो श्रीमती खोज्न रौतहट आईपुगेका छन ।
श्रीमती सहित आफनो घर भारतको मुजफरपुर आईतबार जाने योजना बनाएका उनको सपना अधुरोनै बनेका छ । बिहान देखि वरपरको सिसि क्यामेरा फुटेज र मोबाइल लोकेशनको आधारमा अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरिक्षक राजु कार्कीले बताउनु भयो । मृतक रुबी र उनको आमा सहित ४ वर्षीय छोरासगै ६ महिना देखि डेरामा बस्दै आएका थिए ।











प्रतिक्रिया