सहिद परिवार र पुर्व कर्मचारीसँग सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको भेट

अमर सशस्त्र प्रहरी परिवारको सुख दुखमा संगठन सँग सँगै रहने प्रतिवद्धता


काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चितवन र कपिलवस्तुका अमर सशस्त्र प्रहरी परिवारसँग भेटघाट गरी उनीहरुको दुःख सुखमा संगठन सँगसँगै रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको आठौं बार्षिकोत्सवको अवसरमा सहिद परिवारसँग भेटघाट तथा छलफल गर्नुहुंदै माहनिरीक्षक अर्यालले राष्ट्रसेवक कर्मचारीले बगाएको रगत संगठनले नविर्सने र सहिद परिवार हुनुमा दुखि होईन त्यस्ता वीर सपुत जन्माएकोमा गर्व गर्न आग्रह गर्नुभयो ।

सहिद परिवारले २ छाक खानको लागि चिन्ता गर्नु पर्दैन, अप्ठेरो अवस्थामा नजिकमा रहेको व्यारेकबाट राशन पानी लगेर भएपनि तपाईहरुको मुहारमा खुशी ल्याउने व्यवस्था मिलाउछु महानिरीक्षक अर्यालले भन्नुभयो । उहाँले संगठनको केन्द्रिय निती अनुसार अमर सशस्त्र प्रहरीको बार्षिकीमा उहाँहरुको घरमा हुने धार्मिक कार्यमा नजिकको युनिट कमाण्डर वा प्रतिनिधी अनिवार्य उपस्थिती हुन र सहिद परिवारसँग स्थानिय युनिटहरु निरन्तर सम्पर्कमा रहन समेत बाहिनीपतिलाई निर्देशन दिनुभयो ।

सोही अवसरमा नं ३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनि कुमार पोखरेलले संगठन, बाहिनी, गण तथा गुल्मको बार्षिकोत्सव, वडाभोज लगायतमा सहिद परिवारसँग सँगै मनाउने गरिएको र उनीहरुको पिरमर्का, समस्या बुझ्ने काम निरन्तर गरिरहेको बताउनुभयो । यसको साथै विरगति प्राप्त गरेको ठाउँमा उनिहरुको नाममा चौतारा, पाटिपौवा, प्रतिक्षालय, धारा आदि निर्माण कार्यमा समेत सहयोग गर्न महानिरीक्षक अर्यालले निर्देशन दिनुभएको छ ।

भेटघाटमा सहिद परिवारले संगठन आफ्नो सुख दुखमा सँगै भएको आभाष हुदै गएको र यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनिहरुको आग्रह थियो– हाम्रो सन्तानले देश र संगठनको लागि रगत वगाएका हुन् तपाईहरु सवै हाम्रा सन्तान सरह हुनुहुन्छ, यसैगरी निरन्तर भेटघाट र सुख दुख बाड्न पाईयोस् ।

महानिरीक्षक अर्यालले कपिलबस्तु जिल्लाका अमर सशस्त्र प्रहरी परिवारसँग समेत भेटघाट तथ छलफल गर्नुभएको छ ।नं ५ विध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौ बार्षिकोत्सवमा उहाँले भन्नुभयो–देश र जनताको लागि रगत वगाउने सन्तानको परिवार हुनुहुन्छ त्यसमा हाम्रो उच्च सम्मान छ ।

भेटघाटकै क्रममा उहाँले सशस्त्र प्रहरीका अवकास प्राप्त कर्मचारीहरुलाई अधिकार प्रयोग गर्दा फौजी संस्कार नभुल्न र राष्ट्रको लागि अझैपनि विभिन्न तरिकाबाट योगदान दिन सक्ने भएकोले त्यसमा पनि ध्यान दिन आग्रह गर्नुभयो । विपद्को समयमा सुचना दिन र समाजमा भएका नराम्रा कार्यलाई निरुत्सान गर्दै असल समाज निर्माणको कार्यमा लाग्न पूर्व कर्मचारीहरुको पनि महत्वपुर्ण भुमिका हुने समेत उहाँले बताउनुभयो ।

छलफलमा अवककास प्राप्त कर्मचारीहरुले देशको सेवा गर्ने बाटो मात्र परिर्वतन भएको तर सामाजिक कार्यमा आफुहरु अझै सकृय रहेको बताउनुभएको थियो ।