प्रधानसेनापति सिग्देल पहिलो पटक थाइल्याण्ड भ्रमणमा


काठमाडौं ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमणमा जान लाग्नुभएको छ। एसिया–प्यासिफिक क्षेत्रका प्रधानसेनापतिहरुको सम्मेलन (Asia Pacific Chiefs of Defence Conference) मा सहभागी हुन उहाँ भोलि (सोमबार) थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्न लाग्नुभएको हो।

पाँच दिने भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले सम्मेलनका गतिविधिहरुमा सहभागी हुने र विभिन्न सहभागी मुलुकका प्रधानसेनापतिहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

उक्त सम्मेलनमा क्षेत्रीय सुरक्षा, आपसी सहकार्य, शान्ति स्थापना र मानवीय सहयोगलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।