काठमाडौँ ।
अन्तःशुल्क स्टिकर छपाइ प्रक्रियामा देखिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा.बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको आरोपमा मुद्दा दायर गरिएको थियो।
करिब ३८ करोड बिगो दाबी गरिएको मुद्दामा विशेष अदालतले केहीलाई दोषी ठहर गर्दै केहीलाई सफाइ दिएको थियो। आयोगले उक्त फैसला अपूरो भन्दै पुनरावेदन दर्ता गरेको हो।











प्रतिक्रिया