काठमाडौं ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि ९ जना मावि प्रधानाध्यापकलाई सेतो प्लेटको मोटरसाइकल हस्तान्तरण गरेको छ।
मेयर तिलक लम्सालका अनुसार शिक्षकको मनोबल वृद्धि र जिम्मेवारी बोध गराउन मोटरसाइकल दिइएको हो।
आगामी चरणमा निमावि र प्राविका प्रधानाध्यापकलाई पनि मोटरसाइकल वितरण गरिने जनाइएको छ।
यसअघि नगरको शान्ति सुरक्षाका लागि ३ वटा मोटरसाइकल प्रहरीलाई पनि हस्तान्तरण गरिएको थियो।











प्रतिक्रिया