सानिमा बैंक चाइना एक्जिम बैंकको एजेन्टमा नियुक्त


काठमाडौ।

चीनको निर्यात–आयात बैंक (चाइना एक्जिम बैंक)ले सानिमा बैंकलाई नेपालका लागि एजेन्ट बैंकको रूपमा नियुक्त गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार, सानिमा बैंकले मनाङ मस्र्याङ्दी हाइड्रोपावर (१३५ मेगावाट) र लाङटाङ भोटेकोशी हाइड्रोपावर (१२० मेगावाट) गरी दुई जलविद्युत् आयोजनामा वित्तीय सहजीकरण तथा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछ ।

सम्झौतापत्रमा सानिमा बैंकतर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज सन्ज्याल र चाइना एक्जिम बैंकतर्फबाट उपाध्यक्ष चेन रोङ्लिनले हस्ताक्षर गरेका छन् । सानिमा बैंकका अनुसार, यी परियोजनाका लागि हालसम्मकै ठूलो परिमाणमा चिनियाँ मुद्रा (आरएमबी) को अन्तरदेशीय कारोबार नेपालमा भित्रिएको छ । यसले बैंकको कार्यक्षमता र अन्तर्राष्ट्रिय साख वृद्धि गर्ने मात्र नभई, देशको ऊर्जा उत्पादन, पूर्वाधार निर्माण र दीर्घकालीन आर्थिक विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।