सुनचाँदीको मूल्य बढ्यो 


काठमाडौं । 

नेपाली बजारमा  सुनचाँदीको मूल्य  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन  आइतबार छापावाल सुन तोलाको २३ सयले बढेको छ । जसअनुसार आज एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

गत शुक्रवार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ४० रुपैयाँले बढेर २ हजार ३५० मा कारोबार भइरहेको छ। गत शुक्रवार चाँदी  २ हजार ३१० मा कारोबार भएको थियो ।