पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु


काठमाडौँ। 

 पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको आज मृत्यु भएको अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको हो ।  यस्तै, वीरगन्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको शुक्रवार मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालयले झाडापखालाका कारण मृत्यु भएपनि हैजा थियो वा थिएन भन्नेबारे जाँच भइनसकेको जनाएको छ ।