चार नीजि लगानीका शिक्षालयले १२ गतेबाट बन्द गर्ने चेतावनी

16.45k
Shares


काठमाडौं ।

निजी लगानीमा सञ्चालित चार शिक्षालयको संस्थाले मागको सुनुवाई नभए भदौ १२ गतेबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । आज आन्दोलनका कार्यक्रम सार्बजनिक गर्दै प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपिन सहित संयुक्त आन्दोलनका बिद्यालय बन्द गर्ने चेतवानी दिएका छन् ।

शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको उल्लेख गर्दै ५ र ६ गते माइतीघर मण्डलादेखि बानेश्वरसम्म ज्यानी तथा कोणसभा गरी विरोधको कार्यक्रममा मा सहभागि सबैलाइई धन्यबाद दिएको छ ।

बाँकी आन्दोलनको कार्यक्रममा सक्रिय सहभागिताको लागि सबैमा अपील गरेको छ । चार संस्थाले प्रस्तावित विधेयक संसदमा छलफलका लागि पेस गरेकोले थप सशक्त रूपमा दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरू तय भएको जनाएको छ ।

कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने । पूर्ण छात्रवृत्ति“ भन्ने शब्द हटाइनु पर्ने , विद्यालयमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने रहेका छन् ।

त्यस्तै छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी लक्षित वर्गलाई वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने, छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३(क), नियमावली, २०६० को नियम १० (क) मा ४५ प्रतिशत आरक्षण छात्रवृत्ति सम्बन्धी व्यवस्था तथा केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७७ ले ११ वटा विश्वविद्यालयमा कक्षा ६ देखि १०सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षा तथा सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्था भएको विभेदकारी उल्लेखित ऐन नियमका दफाहरू खारेज गर्नुपर्ने माग दोहोयाएको छ ।

चार निकायले जारी गरेको विज्ञप्तिमा संयुक्त आन्दोलनका कार्यक्रहरुमा भोली ८ गते आन्तरिक तयारी, जिल्ला र पालिका स्तरीय छलफल, प्रदेश स्तरीय जुम बैठक गर्ने , ९ गते केन्द्रमा प्रतिनिधिसभा अगाडि प्रदेशमा प्रदेशसभा अगाडि प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ ।

तालिका अनुसार ११ गते हरेक जिल्ला सदरमुकाममा सर्वपक्ष उपस्थिति गराई मुद्दाका विषयमा अन्तरक्रिया गर्ने र उपत्यकामा बृहत अन्तरक्रिया राख्ने र १२ गते विद्यालय बन्द हुनेसम्मको अल्टिमेटम दिएर सबै सिडिओ कार्यालय अगाडी कोणसभा गर्ने र जानकारी पत्र दिने कार्यक्रम सार्बजनिक गरेको छ ।

विज्ञप्तिमा अपिन अध्यक्ष बद्री दाहाल , हिसानका कार्यबाहक अध्यक्ष युवराज शर्मा , प्याब्सनका अध्यक्ष कृष्ण अधिकारी र एन प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गर्नुभएको छ ।