काठमाडौं ।
कैलालीको धनगढी उपमहानगरपालिका–१७, दीपनगरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। २० वर्षीय युधिष्ठिर बुढामगर हल्दुको रुखको हाँगा काट्ने क्रममा हाइटेन्सन लाइनमा छोएपछि गम्भीर घाइते भएका थिए।
उनलाई तत्काल सेती प्रादेशिक अस्पताल लगिएको थियो, तर उपचारअघि नै चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको पुष्टि गरेको छ।











प्रतिक्रिया