काठमाडौं ।
वीरगञ्ज महानगरपालिका–१२, मुर्लीको नयाँटोलमा हैजाको संक्रमण फैलिएको आशङ्का गरिएको छ। तीव्र निदानात्मक परीक्षणमा २८ जनामा कोलेरा पोजिटिभ देखिएपछि स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
तराई अस्पतालमा २०, नेसनल मेडिकल कलेजमा ३ र नारायणी अस्पतालमा ५ जना संक्रमितको उपचार भइरहेको जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत धनी सिँहले जानकारी दिए। हैजा पुष्टि गर्न बिरामीको दिसा परीक्षणको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको छ।
संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मीको टोली परिचालित गरिएको छ। सरसफाइको अभाव र दूषित पानीरखाना सेवनका कारण हैजा फैलिएको आशङ्कामा प्रदेश स्वास्थ्य निर्देशनालयको टोली पनि घटनास्थलमा पुगेको छ। अस्पतालमा बिरामीको चाप बढेसँगै शय्या अभाव देखिएको छ।











प्रतिक्रिया