करेन्ट लागेर बालकको मृत्यु : मन्त्री पाल विवादमा, आमाले गरिन् न्यायको खोजि


काठमाडौं ।

बैतडीको डिलासैनी–३ मा करेन्ट लागेर १४ वर्षीय किरन कोलीको मृत्यु भएको घटनामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल विवादमा तानिएका छन्। साउन १७ गते बालुवामा खेल्ने क्रममा करेन्ट लागेर घाइते भएका बालकको अस्पतालमा मृत्यु भएको हो।

शव बुझ्न पाँच लाख क्षतिपूर्ति दिने सहमति भए पनि मृतककी आमा राजमतिले आफू बेहोस अवस्थामा रहँदा सहमति गरिएको भन्दै अस्वीकार गरेकी छन्। उनले न्याय माग्दै मन्त्री पाल, उनका छोरा र वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिएकी छन्।

तर प्रहरीले प्रत्यक्ष संलग्न व्यक्तिविरुद्ध मात्र जाहेरी दिन सुझाव दिएको छ। मन्त्री पालले भने आफू घटनासँग असम्बन्ध रहेको बताउँदै राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका छन्।

घटनास्थलमा संकलित बालुवा भने आफ्नो हुन सक्ने उनको भनाइ छ । ‘त्यहाँ काम भइरहेको हुन सक्छ । तर काम गर्ने टिम छुट्टै हुने भएकाले मलाई सबै जानकारी हुने कुरा भएन,’ उनले भने, ‘मुख्य कुरा मृत्यु कसरी भयो भन्ने हो । नहुनुपर्ने दुर्घटना त भयो, तर बच्चाको मृत्यु त करेन्टका कारण भएको भन्ने सबैलाई थाहै छ त ।’ पाल एमालेबाट निर्वाचित हुन् ।

नेपाली कांग्रेस डिलासैनि गाँउपालिका बैतडी र राष्ट्रिय स्वतन्त्र पाटि डिलासैनि गाँउपालिका बैतडीले बिज्ञप्ती निकालेर सत्य तथ्य छानबिनको माग गरेका छन् ।