काठमाडौँ ।
नेपालको विद्यमान कानुनहरूमा बालिग, विवाह र नागरिकताको उमेर फरक–फरक हुनु संविधान विपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
संविधानविद् डा.चन्द्रकान्त ज्ञवालीसहित ६ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाउँदै दर्ता गरेको रिटमा १८ वर्षलाई बालिग मानेर सोही उमेरमा नागरिकता प्राप्ति र विवाह गर्न मिल्ने व्यवस्था गर्न माग गरिएको छ ।
रिटमा संविधानले १८ वर्ष माथिका व्यक्तिलाई बालिग मानेको तर विवाहको न्यूनतम उमेर २० वर्ष, नागरिकता लिन १६ वर्ष र अन्य कानुनमा फरक उमेर तोकिएकोले एकरूपता कायम गर्न परमादेश माग गरिएको छ ।











प्रतिक्रिया