काठमाडौं ।
नवलपुरको विनय त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिकै पूर्व–पश्चिम राजमार्गको सडक बर्सातका कारण भासिएर भ्वाङ परेको छ। करिब २ मिटर गहिरो भ्वाङ परेपछि यातायात एकतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनक बन्जराले जानकारी दिए।
सडक डिभिजन र प्रहरीको पहलमा मर्मतको तयारी भइरहेको छ। यस्तै, विस्ताराधीन बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा समेत वर्षातका कारण सडक जाम भई यात्रुहरू सास्तीमा परेका छन्। विशेषगरी विश्वकर्मा मन्दिर, पैँसट्ठी मोड र खुर्सानी खोला आसपास ठूला सवारीका लागि बढी समस्या देखिएको छ।











प्रतिक्रिया