धापासीमा पहिरो, सडक र विद्युत सेवा अवरुद्ध


काठमाडौं ।

टोखा नगरपालिका–४, धापासी लाम्पाखा चोकमा अविरल वर्षाका कारण पहिरो गएको छ।

पहिरोले ६ वटा पोल र एक ट्रान्सफर्मर ढाल्दा क्षेत्रको विद्युत आपूर्ति बन्द भएको छ।

साथै, पहिरोका कारण सडक पूर्ण रूपमा अबरुद्ध भएको छ।

स्थानीयबासी र सरोकारवाला निकाय समस्या समाधानका लागि प्रयासरत छन्।