एमालेमा विद्या भण्डारीको नेतृत्‍वको चाहना, कार्यकर्तामाझ लोकप्रियता चुलियो


काठमाडौं ।

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको सट्टा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेतृत्‍वमा देख्न कार्यकर्ता र तल्लो तहका नेताहरु इच्छुक देखिएका छन्।

हालसालै पार्टीभित्र भएको आन्तरिक छलफलमा विद्या भण्डारीप्रति विश्वास र समर्थन बढ्दो देखिएको हो।

धेरै कार्यकर्ताहरु भण्डारीको नेतृत्‍वमा पार्टीमा नयाँ ऊर्जा आउने विश्वासमा छन् भने ओलीको दीर्घकालीन नेतृत्वले थकान महसुस भएको बताउछन् ।

यसले आगामी महाधिवेशन र पार्टीभित्रको शक्ति समीकरणमा नयाँ मोड आउने संकेत दिएको छ।