काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै पार्टीको नवौं केन्द्रीय कमिटी बैठकमा आफ्नो सदस्यता खारेज गरिनु अवैधानिक भएको बताएकी छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भनिन उनले आफू एमालेमै सक्रिय राजनीतिमा फर्किएको सन्देश दिइन्।
भण्डारीले संसद, राजनीतिक दलहरू, संविधानको कार्यान्वयन, शिक्षा नीति र संघीयताको अवस्थामाथि गम्भीर प्रश्न उठाउँदै ठूला दलहरू विधि र सुशासनको पक्षमा चुकिरहेको आरोप लगाइन्।
उनले जनताको बहुदलीय जनवाद सिद्धान्तको सशक्त समीक्षा र पुनः व्याख्याको आवश्यकता औंल्याउँदै पार्टीलाई मार्गदर्शन दिन सक्ने वैचारिक धार बहसमा फर्काउनुपर्ने बताइन्।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि जनताको बहुदलीय जनवादमाथि खतरा रहेको भन्दै अध्यक्ष ओलीको दृष्टिकोणप्रति अप्रत्यक्ष आलोचना गरे।
एमाले नेतृत्वको आन्तरिक खिचातानी र भण्डारीको पुनः सक्रियताले पार्टीमा वैचारिक तथा सांगठनिक बहस तीव्र बनाउने संकेत देखिएको छ।











प्रतिक्रिया