बाबुको मुख हेर्ने दिन पनि वृद्धाश्रमका बा दाता पर्खंदै


काठमाडौं ।

चितवनको देवघाटस्थित वृद्धाश्रममा बसोबास गरिरहेका वृद्धहरू ‘बाबुको मुख हेर्ने’ कुशे औँसीको दिन पनि आफन्तको प्रतिक्षामा छन्। परिवारले बिर्सिएका यिनै बृद्धहरूले आश्रय पाएका देवघाट समाज कल्याण केन्द्रमा ३५ जना वृद्धवृद्धा छन्, जसको दैनिकी दाताको भरमा चलिरहेको छ।

वृद्धाश्रमका बासिन्दाहरू आफ्नै सन्तानले सम्झिन्न भने जसले आएर “बा” भन्छ, त्यही सन्तानजस्तो लाग्ने बताएका छन्। केही वृद्धहरू आफन्त नभएकाले एक्लो जीवन बिताइरहेका छन् भने केही आफ्नै सन्तानबाट बञ्चित छन्।

बजेटको अभावमा आश्रमको सञ्चालन कठिन बनेको बताउँदै केन्द्रका संचालकहरूले दाताको सहयोगले दैनिक खर्च धानिएको जनाएका छन्। प्रेस चौतारी नेपाल चितवन शाखाले आश्रममा भोजन कार्यक्रम गरेर वृद्धवृद्धालाई सम्मान गरेको छ।