काठमाडौं ।
श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ परेका छन्। उनीमाथि पदमा रहँदा सरकारी खर्चको दुरुपयोग गरेको आरोप लागेको हो।
श्रीलंकाको प्रहरी अपराध अनुसन्धान विभागका अनुसार सन् २०२३ सेप्टेम्बरमा बेलायत भ्रमणका क्रममा उनले पत्नीको सम्मान समारोहमा भाग लिएका थिए। यो यात्रा व्यक्तिगत भए पनि त्यसमा सरकारी खर्च प्रयोग भएको र सुरक्षाकर्मीहरूको खर्च समेत सरकारी ढुकुटीबाट व्यहोरेको आरोप छ।
यता विक्रमासिंघेले भने यात्रा निजी रहेको र पत्नीका सम्पूर्ण खर्च निजी स्रोतबाट व्यहोरेको दाबी गरेका छन्।
विक्रमासिंघे सन् २०२२ को जुलाईमा गोटाबाया राजपाक्षेको राजीनापछि राष्ट्रपति बनेका थिए। राजपाक्षेको शासनकालमा व्यापक जनआक्रोश र भ्रष्टाचारको आरोप लागेको थियो।











प्रतिक्रिया