न्युयोर्कमा बस दुर्घटना, ५ जनाको मृत्यु


काठमाडौं ।

पश्चिमी न्युयोर्कको थ्रुवेमा एक टुर बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बसमा ५२ जना यात्रु सवार थिए र उनीहरू नियाग्रा फल्सबाट न्युयोर्क सिटी फर्किँदै थिए।

दुर्घटनामा ज्यान गुमाउनेहरू मुख्यतः भारत, चीन र फिलिपिन्सका नागरिक हुन्। बस पेम्ब्रोक क्षेत्रमा पल्टिएको थियो। धेरै यात्रुले सिटबेल्ट नलगाएको कारण घाइतेको संख्या बढेको जनाइएको छ।

उद्धारका लागि एम्बुलेन्स र मेडिकल हेलिकप्टर खटाइएको थियो।