काटमाडौं ।
इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान ६:३५ बजे सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी अवरुद्ध भएको थियो।
पहिरो हटाएपछि बिहान ८:०० बजेबाट सडक पुनः सञ्चालनमा आएको छ। यद्यपि अझै ढुंगा खस्ने क्रम जारी रहेकाले यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न सुपरभाइजर ईश्वर क्षेत्रीले आग्रह गरेका छन्।
सडक खुल्लासँगै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्।











प्रतिक्रिया