बुबाको मुख हेर्ने दिनमा प्रधानमन्त्री ओलीको सन्देश : बुबा–आमालाई सधैँ सम्मान गरौँ


काठमाडौँ ।

बुबाको मुख हेर्ने दिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा–आमालाई केवल विशेष दिनमा मात्र होइन, सधैँ आदर र सम्मान गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भने, “म ४ वर्षको हुँदा आमाको निधन भएको थियो, उहाँको अनुहारको धमिलो सम्झना मात्रै छ।”

बिहानै आफ्ना ९६ वर्षीय बुबाबाट आशीर्वाद लिएको जानकारी दिँदै ओलीले बुबा अझै चस्मा नलगाई पुस्तक पढ्ने र हिँडडुल गर्न सक्ने अवस्थामा रहेको उल्लेख गरे।

“बुबासँग उतिबेलाका केही प्रसङ्गमा कुरा भए,” ओलीले भने, “उहाँको दीर्घायुको कामना गर्दछु। सबैलाई बुबाको मुख हेर्ने दिनको शुभकामना।”