नारायणगढ–मुग्लिन सडक सुक्खा पहिरोले अवरुद्ध


काठमाडौं ।

भरतपुरको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान ६स्३५ बजे सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुुइतर्फी रूपमा अवरुद्ध भएको छ।

चट्टानसहितको पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएको र स्काभेटरमार्फत पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।

यो सडकखण्ड पहिरोका कारण बारम्बार अवरुद्ध हुँदै आएको छ।