गण्डकी सरकारद्वारा क्यान्सर पीडित बालबालिकालाई कान्ति बाल अस्पतालमा पनि १ लाख सहयोग


काठमाडौं ।

गण्डकी प्रदेश सरकारले क्यान्सर पीडित बालबालिकालाई थप एक लाख रुपैयाँ सहयोग गर्ने सेवा अब काठमाडौंस्थित कान्ति बाल अस्पतालमा पनि लागू हुने भएको छ। शुक्रबार गण्डकी स्वास्थ्य मन्त्रालय र कान्ति बाल अस्पतालबीच औपचारिक सम्झौता भएको हो।

संघीय सरकारले दिने राहतका अतिरिक्त गण्डकी प्रदेशले थप एक लाख रुपैयाँ सहायता उपलब्ध गराउनेछ। बालबालिकाको उपचारका लागि यो सहायता विद्युतीय प्रणालीमार्फत प्रदान गरिनेछ, जसका लागि थप कागजात आवश्यक पर्ने छैन।

गण्डकी प्रदेशले यसअघि देशका ५ अस्पतालमा क्यान्सर उपचार गराइरहेका ३०८० जनालाई सहयोग गरिसकेको छ। अब कान्ति बाल अस्पताल पनि उक्त सूचीमा थपिएको छ।