काठमाडौं ।
नेपालले लिपुलेक पास हुँदै भारत र चीनबीच भएको व्यापार सम्झौताप्रति असहमति जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणअघि नै परराष्ट्र मन्त्रालयलाई नोटको मस्यौदा तयार गर्न जिम्मा दिइएको छ।
नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूमि मानी विवाद भारतसँग भएको स्पष्ट पार्दै चीनलाई इतिहासबारे जानकारी मात्र गराउने बताइएको छ।
भारत र चीनले हालै वाङ यीको भारत भ्रमणको क्रममा लिपुलेकसहित तीन नाकाबाट व्यापार पुनः सुरु गर्ने सहमति गरेका थिए, जसको नेपालमा तीव्र विरोध भइरहेको छ।
नेपालले यसबारे कूटनीतिक माध्यमबाट समाधान खोज्ने प्रतिबद्धता जनाएको छ।











प्रतिक्रिया