काठमाडौं ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ५१ दिनदेखि बस्न सकेको छैन। निजामती विधेयकमा कुलिङ अफ पिरियडको त्रुटिपछि समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि नेतृत्व रिक्त छ।
संसद् नियमअनुसार १५ दिनभित्र सभापति चयन हुनुपर्ने भए पनि कांग्रेस र एमालेबीच सहमति नहुँदा प्रक्रिया अलमलमा परेको हो।
सभापति नभए पनि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्न सकिने व्यवस्था हुँदाहुँदै कुनै पहल भएको छैन।
समितिमा चार महत्वपूर्ण विधेयक र ७२ भन्दा बढी उजुरी अड्किएका छन्। उपसभामुख हटाउने तयारीसँगै सभापति चयनको प्रक्रिया जटिल बन्दै गएको छ।











प्रतिक्रिया