देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर मनसुनी गतिविधि सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने दिउँसो देशभर साधारण बदली रहने र पहाडी भेगमा मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। रातिको समयमा पनि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ।