काठमाडौँ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्र र जनताको सेवा र सुरक्षा जस्तो पवित्र जिम्मेवारी निर्वाह गर्ने क्रममा असीमित आवश्यकता र सीमित श्रोत साधनका बाबजुद पनि कार्यक्षेत्रमा म होइन हामी भन्ने मान्यताका साथ आफ्नो जिम्मेवारी बोध गरी सदैव राम्रो गर्छु भन्ने भावनाकासाथ नागरिकप्रति सधैँ समर्पित भई कार्य गर्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको आठौँ वार्षिकोत्सव कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो निर्देशन दिएका हुन् ।
महानिरीक्षक अर्यालले वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पुर्याउनुहुने विभिन्न संघसंस्था तथा महानुभाव र अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कार, कदरपत्र तथा प्रशंसापत्र प्रदान गरेका छन् ।
उनले विपद् उद्धारको कार्यमा बाहिनी तथा मातहत कार्यालयहरुले पुर्याएको योगदान सराहनीय रहेको बताउनुहुँदै विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल, नेपालले सामुदायिक स्वयमसेवक तालिम दिँदै डिजास्टर भोलेन्टीयरहरु तयार गर्दै आइरहेको र यसले विपद् उद्धार लगायत विपद् सम्बन्धी सूसचित गराउने कार्यमा थप प्रभावकारीता आउने विश्वास व्यक्त गरे ।
उनले राष्ट्र एवं जनताको सेवा, सुरक्षा, सहयोग तथा उद्धार तथा बिशेषत विपद् व्यवस्थापन, सीमा सुरक्षा, राजश्व संकलन र आन्तरिक सुरक्षामा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु थप व्यावसायिक रुपमा ईमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र परिस्थिती अनुरुपको निर्णय गर्न सक्ने क्षमता र सामूहिक भावनाका साथ त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न समेत निर्देशन दिए ।
सोही अवसरमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सशस्त्र प्रहरीको सीमा सुरक्षा देखि सामाजिक दायित्व सम्म अतुलनिय योगदान रहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरीले त्याग, समर्पण र साहसका साथ गौरवपूर्ण काम गर्दै आएको समेत बताए ।
कार्यक्रममा चितवन जिल्लाको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले नागरिकलाई अप्ठेरो परेको वेला सशस्त्र प्रहरीको भूमिका अति महत्वपुर्ण रहेको उल्लेख गर्दै अव्वल संगठनको रुपमा चिनाउन सफल रहेको सशस्त्र प्रहरी राष्ट्र, राष्ट्रियता र नेपाली जनतासम्म पुग्न सदैव सकृय रहनुपर्ने बताए ।
यसैगरी हेटौडा उप–महानगरपालिका प्रमुख मिना कुमारी लामाले राष्ट्र, राष्ट्रियताको जिम्मेवारीमा सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मीहरुले विपद्को वेला खम्वाको रुपमा उभिएर कार्य गर्दै आएको, सशस्त्र प्रहरीले राष्ट्रलाई स्वाभिमान वनाउन सहयोग गरी रहेकोे तथा सशस्त्र प्रहरीको सहकार्यमा उप–महानगरपालिकाले समेत सामाजिक कार्य गर्दै आइरहेको बताए ।
धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले राष्ट्र एवं जनताको सेवा, सुरक्षा, सहयोग र उद्धार कार्यमा बाहिनी लगायत मातहत युनिटका सशस्त्र प्रहरी कर्मचारीहरुले व्यावसायिक ढंगबाट परिचालित भई कार्यक्षेत्रमा ईमान्दारीताकासाथ कार्यसम्पादन गर्दै आइरहेको बताए ।
कार्यक्रममा नेपाली सेना मध्य पृतना हेडक्वाटरका सुपारेटार मकवानपुरका पृतनापति उपरथी हरेन्द्र पाठक, अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ऋषवदेव भट्टराई लगायत स्थानीय भद्रभलाद्मी, विभिन्न संघ संस्थाका महानुभाव, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
बार्षिकोत्सव कार्यक्रम समापन पश्चात सोही अवसरमा महानिरीक्षक राजु अर्यालले भुतपूर्व सशस्त्र कर्मचारीहरु तथा अमर सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारजनलाई भेटघाट गर्दै उनिहरुको लागि संगठनबाट हुने सबै प्रकारका साथ र सहयोग सदा रहने समेत बताए ।
यसअघि बिहिबार महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनको निरीक्षण गरी गण परिषरमा नवनिर्मित पाहुना घर तथा निर्माणाधिन भुपु संघको कार्यालय भवनको समेत अवलोकन गरेका थिए ।
सोही क्रममा उनले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समयसापेक्ष आवश्यक निर्देशन दिनुकासाथै आम जनताको सेवा र सुरक्षामा खटिँदा शिर झुकाएर होइन शिर उठाएर लाग्नुपर्ने बताए ।
आपत् विपद्मा परेका आम नागरिकहरु जसले देख्छ तत्काल एक्सन लिई उद्धार कार्यमा खटिन निर्देशन दिदै महानिरीक्षक अर्यालले भने–‘फिल्डमा हुने धनजनको क्षति जोगाउन र राज्यको सुरक्षा गर्न तथा असल कामको लागि आदेशको प्रतिक्षामा बस्नु पर्दैन यसका लागि मैले पटक–पटक भन्ने गरेको छु, सबै तहका कर्मचारीहरुले सोही निर्देशानुसार काम गरेपछि जानकारी अवश्य दिनुहोला ।’
साथै महानिरीक्षक अर्यालले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँग विभिन्न विषयमा छलफल गर्नुकासाथै उनीहरुको अवकाशपछिको जीवन के–कस्तो रहेको छ भन्ने विषयमा समेत जिज्ञासा राखेका थिए ।











प्रतिक्रिया