काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो महिनामा घरजग्गा कारोबारमा ठूलो गिरावट देखिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा ३१ हजार ६२१ वटा मात्र लिखत पास भएका छन्, जुन गत वर्षको सोही महिनाको तुलनामा १२ हजार २१४ वटाले कम हो । यसरी कारोबार २७.८६ प्रतिशतले घटेको हो।
कारोबार घटेसँगै राजस्व संकलनमा पनि कमी आएको छ। यस वर्ष साउनमा ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको छ भने गत वर्ष सोही महिनामा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ संकलन भएको थियो । राजस्व १४ प्रतिशतले घटेको विभागले जनाएको छ ।
असार महिनामा ६ अर्ब ५५ करोड रुपियाँभन्दा बढी राजस्व उठेकोमा साउनमा करिब ५० प्रतिशतले घटेर ३ अर्ब २८ करोडमा सीमित भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु मौद्रिक नीतिमा आवास कर्जा सहज बनाउने व्यवस्था गरेको छ । पहिलोपटक घर खरिद गर्न चाहनेका लागि कर्जा सीमा २ करोडबाट ३ करोड रुपियाँ पु¥याइएको छ र लोन–टु–भ्यालु अनुपात पनि ७० बाट ८० प्रतिशतमा बढाइएको छ। तर, यस नीतिको प्रभाव साउनमा देखिन नसकेको सरोकारवालाको भनाइ छ ।











प्रतिक्रिया