काठमाडौँ ।
ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले पेरुका लागि समेत गैरआवासीय राजदूतको रूपमा राष्ट्रपति डिना एर्सिलिया बोलुआर्टे समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। पेरुको राजधानी लिमामा आयोजित विशेष समारोहमा उनले राष्ट्रपतिको स्वास्थ्य तथा पेरुका जनताको समृद्धिको शुभकामना व्यक्त गरे।
सो अवसरमा पेरुका उच्च अधिकारीहरूसँग भेटघाट गर्दै उनले द्विपक्षीय भिसा छुट, परामर्श संयन्त्र स्थापनालगायतका विषयमा छलफल गरेका थिए। साथै, विपद् व्यवस्थापन, खानेपानी, सरसफाइ, दिगो सहर विकास र व्यापारिक सहयोगबारे पनि सहमति भएको छ। जलवायु परिवर्तनका मुद्दामा सहकार्यलाई अझ बलियो बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्।











प्रतिक्रिया