काठमाडौं ।
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन्। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा, भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गर्ने छन्। साथै, विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा मन्त्रीहरूले जवाफ दिनेछन्।
कृषि, सूचना प्रविधि, पशु चिकित्सा, र खेलकुदसम्बन्धी विधेयकहरू पनि समितिमा पठाउने प्रस्ताव कार्यसूचीमा छन्। राष्ट्रियसभामा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ छलफल र पारित गर्न प्रस्तुत गर्ने सम्भावना छ भने संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक’ माथि प्रस्ताव पेस गर्नेछन्।











प्रतिक्रिया