काठमाडौं।
भारत र चीनबीच लिपुलेक क्षेत्रमार्फत व्यापारिक नाका खोल्ने सहमति भएको समाचारप्रति आपत्ति जनाउँदै नेकपा (एमाले) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन अनेरास्ववियुले बिहीबार साँझ काठमाडौंस्थित भारतीय राजदूतावासअगाडि विरोध प्रदर्शन गरेको छ।
विरोध प्रदर्शनका क्रममा विद्यार्थीहरूले मसाल जुलुससमेत निकालेका थिए। उनीहरूले राष्ट्रको सार्वभौमिकता र भूमि अखण्डताको सवालमा सरकारले कडाइका साथ अडान लिनुपर्ने माग गरेका छन्।
अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरूले लिपुलेक प्रष्ट रूपमा नेपालको भूमि भएको दाबी गर्दै भारत–चीनबीच भएको सहमति नेपालको भू–अधिकारमाथि खुला हस्तक्षेप भएको टिप्पणी गरे।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले “लिपुलेक हाम्रो हो”, “राष्ट्रियता बेच्न पाइदैन”, “सरकार बोल”, “चुप लागेर बस्न पाइदैन” जस्ता नाराहरू लगाउँदै सरकारको मौनता तोड्न चेतावनी दिएका थिए।











प्रतिक्रिया