काठमाडौं ।
अध्यागमन विभागले एक बर्ष अघि नेपाल प्रवेश गरेकी एक इन्डोनेशियाली महिला र उनीसँग आबद्ध दुई अन्य महिलालाई नियन्त्रणमा लिएको छ । ती इन्डोनेशियाली नागरिकहरूले अध्ययन र पर्यटक भिसा अन्तर्गत नेपाल आउँदा ललितपुर, धोबिघाटमा मुस्लिम धर्मसम्बन्धी हिमालय शिक्षा तथा हितेशी समाज नामको संस्था मार्फत गल्र्स होस्टेल सञ्चालन गरी टर्की र कुरान भाषा सिकाउने, साथै धार्मिक प्रचार–प्रसार गर्ने कार्य गर्दै आएका थिए ।
टर्कीस्थित एक धर्मप्रचारक संस्थाबाट वार्षिक रूपमै २ करोड ५० लाख प्राप्त हुने पनि जानकारी प्राप्त भएको बताइएको छ । पक्राउ पर्ने क्रममा त्यहाँ करिब ५० जना छात्राहरू कुरान सिकाइरहेका थिए, तर उनीहरू अन्य शैक्षिक संस्थामा पढाइमा संलग्न देखिएका छैनन् ।
अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार, पर्यटक वा अध्ययन भिसामा प्राप्त विदेशी कुनै उद्योग, व्यवसाय वा संस्थामा काम गर्न वा प्रचार–प्रसार गर्न पाउने छैनन् । यस्तो अनियमित क्रियाकलापको खण्डमा विदेशीहरूलाई ५० हजारसम्म जरिवाना या निष्काशन गर्ने व्यवस्था रहेको छ ।
यस घटनाले पर्यटन, अध्ययन, वा बिजनेस भिसा लिएर नेपालमा प्रवेश गरेका केही विदेशीहरूले आफ्नो उद्देश्य विपरित काम, धार्मिक प्रचार–प्रसार, वा व्यवसाय गर्ने गरेका छन । जसलाई अध्यागमन विभागले निगरानी र कारबाही प्रक्रियालाई तीव्र पारेको छ । नियम उल्लंघन गर्ने विदेशीलाई कानूनी दायित्व अनुसार जरिवाना र आवश्यकता अनुसार देशनिकाला गरिएको छ ।
नेपालमा भिसा दुरुपयोग गर्ने विदेशी नागरिकहरूले नयाँ–नयाँ रूप लिइरहेका छन । शिक्षा, धार्मिक प्रचार, श्रम, वा व्यवसाय यसप्रति सरकारले लगातार नियन्त्रण र निगरानी कडा पारेको देखिन्छ । अहिलेको इन्डोनेशियाली घटना भने विशेष गरि धार्मिक प्रचार र शैक्षिक दुरुपयोगको एक नयाँ रूप हो, जसले देशको भिसा प्रणाली सुरक्षा सवाललाई थप गम्भीर बनाएको छ ।
यस अघिपनि बिभागले एक फ्रेन्सेली महिलालाई लैनचौरबाट पक्राउ गरेको थियो । जो पर्यटक भिसामा रहेको अवस्थामा क्याफे सञ्चालन गर्दै आएकी थिइन् । उनी सन् २०१४ देखि नेपालमा आएका र पटक–पटक भिसा चलाउँदै आएकी थिइन् । बिभागले दुई साता अघि तीन चिनियाँ, दुई मोरक्को र एक बंगलादेशी नागरिकलाई समेत पक्राउ गरेको थियो ।











प्रतिक्रिया