काठमाडौँ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले निरन्तर एमालेकै कार्यकर्ता भएर कम गर्न चाहेको बताएकी छन्। उनले आफूले पार्टीको सिद्धान्त धारण गरेको र त्यहीअनुसार काम गर्ने बताइन् ।
बिहीबार काठमाडौंमा मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन गठित समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् “पार्टीले जिम्मेवारी देओस् कि नदेओस् मतलब छैन,सिद्धान्त धारण गरेको छु, त्यहीअनुसार काम गर्ने हो ।”
उनले आफूलाई पार्टीले नै राष्ट्रपतिमा अघि बढाएको दोहोर्याइन् । राष्ट्रपति हुँदा देशको गौरव बढ्ने गरी काम गरेको उनले उल्लेख गरिन् ।











प्रतिक्रिया