अमेरिकी भिसा ठगीबारे दूतावासको चेतावनी


काठमाडौँ ।

नेपालस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी ठगी गर्ने व्यक्तिहरूले सबै आवेदकमाथि नकारात्मक असर पार्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।

दूतावासले जारी सूचनामा भिसा प्रक्रियामा ठगी भएका घटनाले जाँच प्रक्रियामा कडाइ ल्याउने बाध्यता सिर्जना गर्ने जनाएको छ।

ठगीबारे जानकारी भए तत्काल रिपोर्ट गर्न समेत आग्रह गरिएको छ।